Dhulikhel Eco Banner new

उत्पादन मुलक क्षेत्रमा लगानी गर्नुहोस् : गभर्नर अधिकारी

4.84K
shares

काठमाडौं, २५ पुस । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुलाई उत्पादन मुलक क्षेत्रमा लगानी गर्न आग्रह गरेका छन् । सोमबार ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूको एकीकृत कारोबार सुभारम्भ कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले बैंक तथा वित्तीय संस्थाहरुले स्वनियमनमा बस्दै उत्पादन मुलक क्षेत्रमा लगानी गर्नु पर्ने बताएका हुन् ।

मर्जर पछि बनेका बैंक तथा वित्तीय संस्थाहरु बलिया र सुशासित बनेको भन्दै स्वनियममा रहनु पर्ने पनि बताए । ‘मर्ज भएर बनेका बैंकहरु बलिया हुँदै जाँदा बैंकले आफुसँग भएको स्रोतको परिचालन बढीभन्दा बढी उत्पादन मुलक क्षेत्रमा लगानी गर्नुपर्छ । राष्ट्र बैंकले बैंक तथा वित्तीय सस्थाहरु सोही अनुसारको नीति निर्देशन निर्माण गरेको छ,’ गभर्नर अधिकारीले भने ।

देशका विकासका लागि पनि उत्पादन मुलक क्षेत्रमा लगानी गर्नु पर्ने आवश्यकता रहेको उनको भनाइ छ । बैंक तथा वित्तीय संस्थाहरुलाई बलियो बनाउनका लागि राष्ट्र बैंकले मर्जरको नीति लिएको बताएका गभर्नर अधिकारीले अहिलेसम्म २४७ वटा बैंक तथा वित्तीय संस्था मर्जर भएर ६८ वटा कायम भएको पनि जानकारी दिए ।