Dhulikhel Eco Banner new

वास्तविकतामा आधारित भएर बजेट ल्याउछौँ : अर्थमन्त्री पौडेल

5.27K
shares

काठमाडौं, १८ माघ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले खर्च कटौति गर्ने नीति लिएको बताएका छन् । आर्थिक मिडिा सञ्चालक संघ नेपाल (इमान) ले बुधबार काठमाडौंमा आयोजना गरेको गर्थन्त्रका चुनौति र समाधानका उपाय विषय अन्तक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यो सरकार अनावश्यक खर्च कटौति गर्ने तर्फ लागेको बताएका हुन् ।

‘सरकार नयाँ आर्थिक वर्षको बजेट निर्माणको काममा जुटेको भन्दै चालु आर्थिक वर्षको बजेट खर्च गर्दा पनि क्षमता र आवश्यकताका आधारमा खर्च गर्छ,’ अर्थमन्त्री पौडेलले भने । आगामी आर्थिक वर्षको बजेट पोलिसी डिपार्चलाई केन्द्रमा राखेर वास्तविकतामा आधारित रहेर ल्याउने पनि अर्थमन्त्रीको भनाइ थियो । त्यस्तै आगामी आर्थिक वर्षको स्रोतको अनुमान र बजेटको आकार माथि छलफल सुरु भइसकेको बताएका उपप्रधानमन्त्री पौडेलले पोलिसी डिपार्चर आवश्यक रहेको सुझाब आइरहेको बताए ।

आएका सुझाबलाई मध्यनजर गरेर बजेट निर्माण गरिने उनको भनाइ थियो । बजेटको आकारका विषयमा परम्परागत रुपमा गरिने विश्लेषणमा सुधारको आवश्यकता रहेको उनले बताए । साथै राजस्व परिचालनका क्षेत्रमा पनि विगतमा देखिएको जस्तो छुट पाउन सक्ने अवस्था नगरशेको भन्दै राजश्व परिचालनमा औषतभन्दा अघि बढ्नु पर्ने आवश्यकता रहेको मन्त्री पौडेलेको भनाइ थियो ।

सरकारले अहिले चालु खर्च कटौतीको नीति लिएको बताउँदै सुधारका लागि यो पर्याप्त नभएको पनि उनले बताए । ‘हामी खर्च कटौतीमा लागिसकेका छौँ । धेरै ठाउँबाट काम नलाग्ने नीति र काम नलाग्ने संरचना हटाउन आवश्यक रहेको भनेर सुझाव आएको भए पनि के कस्ता नीति र संरचना हटाउने भनेर अध्यन गर्न जरुरी छ,’ उनले भने ।

बजेट खर्चमा मात्र नभई राजस्व संकलन पनि सरकारले लक्ष्य भेटाउन नसकेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले यसको पनि गम्भीर समीक्षा गर्नु पर्ने बेला आएको बताए ।