सुनको भाउ ७०० ले सस्तीयो, कति छ तोलाको ?
वि.सं.२०७९ फागुन २७ शनिवार १३:१३
shares

काठमाडौं, २७ फागुन । सुनको मूल्य यो साता ७०० रुपैयाँले बढेको छ । गत साताको तुलनामा यो साता सुनको मूल्यमा ७०० रुपैयाँले वृद्धि भएको हो । गत हप्ताको अन्तिम दिन १ लाख २ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य यो हप्ताको अन्तिम कारोबार दिन शुक्रबार १ लाख १ हजार ८०० मा झरेको हो ।
यो हप्ता तेजावी सुनको मूल्यमा पनि ७०० रुपैयाँल नै गिरावट आएको नेपाल सुनचादी व्यवसायी महासंघले जनाएको छ । गत हप्ता १ लाख २ हजारमा कारोबार भएको तेजावी सुनको मूल्य यो हप्ता १ लाख १ हजार ३०० मा झरेको छ ।
यो हप्ता सुनसँगै चाँदीकाके मूल्यमा पनि गिरावट आएको छ । चाँदी गत हप्ताको भन्दा ४५ रुपैयाँले सस्तीएको छ । गत हप्ता १ हजार २६५ रुपैयाँ रहेको चाँदीको मूल्य यो हप्ता १ हजार २२० रुपैयाँमा कारोबार भएको छ ।
अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ शुक्रकार प्रतिऔंस १ हजार ८६७ अमेरिकी डलर रहेको थियो भने चाँदी प्रतिऔंस २०.५३ डलरमा कारोबार भएको थियो ।

















