Dhulikhel Eco Banner new

पाउण्ड र युरोको मूल्य बढ्यो, डलरको स्थिर

5.04K
shares

काठमाडौं, २२ चैत । नेपाल राष्ट्र बैंकले बुधबारका लागि सार्वजनिक गरेको विदेशी विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य स्थिर रहेको छ । अघिल्लो दिन २७ पैसाले बढेको अमेरिकी डलरको मूल्य बुधबार स्थिर रहेको हो । बुधबारका लागि सार्वजनिक गरिएको विनिमयदर अनुसार पाउण्ड र युरोको मूल्य बढेको छ ।

आज १ अमेरिकी डलरको खरिददर १३१ रुपैयाँ ४४ पैसा र बिक्रीदर १३२ रुपैयाँ ४ पैसा रहेको छ । त्यस्तै मंगलबार पनि बढेको पाउण्डको मूल्य बुधबार पनि बढेको छ । अघिल्लो दिन एक पाउण्डको खरिददर १६२ रुपैयाँ ५४ पैसा रहेको थियो भने बिक्रीदर १६३ रुपैयाँ २८ पैसा रहेको थियो । बुधबार भने एक पाउण्डको खरिददर १६४ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५ पैसा रहेको छ ।

त्यस्तै अघिल्लो दिन एक युरोको खरिददर १४२ रुपैयाँ ८८ पैसा रहेकामा बुधबार बढेर १४४ रुपैयाँ ९ पैसा पुगेको छ । त्यस्तै बिक्रीदर १४४ रुपैयाँ ७५ पैसा पुगेको छ । अघिल्लो दिन भने बिक्रीदर १४३ रुपैयाँ ५३ पैसा रहेको थियो ।

राष्ट्र बैंकले बुधबारका लागि जारी गरेको विनिमयदर अनुसार अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ८१ पैसा र बिक्रीदर ८९ रुपैयाँ २२ पैसा, क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ ९७ पैसा र बिक्रीमा ९८ रुपैयाँ ४२ पैसा, सिंगापुर डलर खरिदमा ९९ रुपैयाँ १३ पैसा र बिक्रीमा ९९ रुपैयाँ ५८ पैसा तथा जापानी येन १० को खरिददर ९ रुपैयाँ ८९ पैसा र बिक्रीदर ९ रुपैयाँ ९३ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३५ रुपैयाँ ४ पैसा र बिक्रीदर ३५ रुपैयाँ २० पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३६ रुपैयाँ १२ पैसा रहेको छ । त्यस्तै युएई दिराम एकको खरिददर ३५ रुपैयाँ ७९पैसा र बिक्रीदर ३५ रुपैयाँ ९५ पैसा रहेको छ । त्यस्तै मलेसियन रिङगेट एकको खरिददर २९ रुपैयाँ ८३ पैसा र बिक्रीदर २९ रुपैयाँ ९७ पैसा रहेको छ ।