यो वर्ष आर्थिक वृद्धिदर तीन प्रतिशतबाट तल झर्छ : आईएमएफ प्रबन्ध निर्देशक
वि.सं.२०७९ चैत २४ शुक्रवार १०:२३
shares

काठमाडौं, २४ चैत । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) का प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले विश्वको अर्थतन्त्र तीन प्रतिशतभन्दा तल झर्ने चेतावनी दिएका छन् । पछिल्लो समय देखिएको आर्थिक मन्दीका कारण यस वर्ष विश्वको अर्थतन्त्रमा खतारा बढेको उनले बताएका हुन् ।
‘बढ्दो भूराजनीतिक तनाव र अझै पनि उच्च मुद्रास्फीतिको साथ, एक मजबूत सुधार असम्भव छ,’ उनले भने, ‘विशेष गरी सबैभन्दा कमजोर व्यक्ति र देशहरूका लागि आर्थिक वृद्धिको यो तथ्याङ्कले सबैको सम्भावनालाई हानि पु¥याउँछ ।’ रूसले युक्रेनमाथि गरेको आक्रमणको असरले विश्व अर्थतन्त्रमा तरङ्ग ल्याउँदा गत वर्ष विश्वको आर्थिक वृद्धिदर झण्डै आधा घटेर ३.४ प्रतिशतमा झरेको थियो ।
एसियाका उदीयमान बजारहरूले आर्थिक उत्पादनमा उल्लेखनीय वृद्धि हुने अपेक्षा गरिएको छ । भारत र चीनले यस वर्षको सबै वृद्धिको आधा हिस्सा ओगट्ने अनुमान पनि गरिएको छ । । तर विश्वका ९० प्रतिशत विकसित अर्थव्यवस्थाहरूको लागि अपेक्षित मन्दीले आर्थिक वृद्धिको सुखद् खबरलाई पछि पार्ने देखिएको छ ।
‘निकट र मध्यावधि दुवैमा ऐतिहासिक तुलनाका आधारमा आर्थिक वृद्धि दर कमजोर रहेको छ,’ उनले भने । उनले आगामी आधा दशकमा विश्वको आर्थिक वृद्धिदर करिब तीन प्रतिशतमा नै सिमित रहने पनि बताए । जुन सन् १९९० को दशकयताकै सबैभन्दा कम मध्यम अवधिको प्रक्षेपण भएको उनको भनाइ छ ।

















