Dhulikhel Eco Banner new

उद्योग वाणिज्य महासंघको चुनावी माहोल (फोटोफिचर)

6.5K
shares

काठमाडौं, २९ चैत । नेपाल उद्योग वाणिज्य महासंघको ५७ औ वार्षिक साधारण सभाको दोस्रो दिन अहिले नेतृत्व चयनका लागि मतदान जारी रहेको छ । कमलादीस्थित प्रज्ञा भवनमा विहान १० बजेदेखि मतदान जारी रहेको हो ।

महासंघको वरिष्ठ उपाध्यक्षमा तीन जना प्रतिस्पर्धी छन् । वरिष्ठ उपाध्यक्षका लागि महासंघका वस्तुगततर्फका पूर्वउपाध्यक्ष उमेशलाल श्रेष्ठ, वस्तुगततर्फका वर्तमान उपाध्यक्ष अञ्जन श्रेष्ठ र एसोसिएटतर्फका उपाध्यक्ष रामचन्द्र संघई प्यानलसहित मैदानमा छन् ।