Dhulikhel Eco Banner new

एफएनसीसीआई चुनाव : एसोसिएट तर्फ ३० प्रतिशत मत खस्यो

5.07K
shares

काठमाडौं, २९ चैत । नेपाल उदोग वाणिज्य महासंघको निर्वाचन प्रक्रिया रहेको छ । मंगलबार सुरु भएको महासंघको ५७ औँ वार्षिक साधारणसभामा बुधबार नेतृत्व चयनका लागि मतदान भइरहेको हो ।

निर्वाचन समितिका अनुसार दिउँसो साढे १ बजेसम्म महासंघको एसोसिएट तर्फ ३०  प्रतिशत मतदान भएको छ । एसोसिएट तर्फ जम्मा १ हजार ७४८ मतदान रहेका छन् । त्यसमध्ये अहिलेसम्म ३० प्रतिशतले मतदान गरिसकेकाे समितिले जनाएको छ । महासंघको निर्वाचनमा कुल १ हजार ९५३ मतदाता सहभागी छन् ।

महासंघ निर्वाचनमा ५० प्रतिशत मतभार रहेको जिल्ला नगरतर्फ ११७, वस्तुगततर्फ १२३ र एसोशिएटतर्फ १७४८ मतदाता रहेका छन् । यस्तै द्विराष्ट्रियतर्फ ५ जना मतदाता छन् । जिल्ला नगर र वस्तुगततर्फ एक र एशोसिएटतर्फ ३ वटा बुथ कायम गरिएको छ ।

निर्वाचनबाट एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ५९ जना कार्यसमिति सदस्य चुनिने छन् । महासंघको विधान अनुसार हाल वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल स्वतः महासंघको अध्यक्ष बन्नेछन् ।