Dhulikhel Eco Banner new

डलरको मूल्य घट्यो, पाउण्ड र युरोको बढ्यो

4.45K
shares

काठमाडौं, १८ वैशाख । नेपाल राष्ट्र बैंकले सोमबारका लागि तोकेको विदेशी विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य घट्दा पाउण्ड र युरोको मूल्य बढेको छ । अघिल्लो दिन स्थिर रहेको अधिकांश विदेशी मुद्राको विनिमयदर सोमबार घटबढ भएको हो ।

सोमबार अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ६३ पैसा र बिक्रीदर १३१ रुपैयाँ २३ पैसा रहेको छ । अघिल्लो दिन भने डलरको खरिददर १३० रुपैयाँ ७१ पैसा र बिक्रीदर १३१ रुपैयाँ २३ पैसा रहेको थियो । आज पाउण्डको खरिददर १६४ रुपैयाँया २५ पैसा र बिक्रीदर १६५ रुपैयाँ १ पैसा पुगेको थियो । अघिल्लो दिन पाउण्डको खरिददर १६२ रुपैयाँ ७१ पैसा र बिक्रीदर १६३ रुपैयाँ ४६ पैसा रहेको थियो । अघिल्लो १४३ रुपैयाँ ५४ पैसा खरिददर र १४४ रुपैयाँ २० पैसा बिक्रीदर रहेको युरोको मूल्य आज बढेको छ । आज युरोको खरिददर १४३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६४ पैसा पुगेको छ ।

राष्ट्र बैंकले सोमबारका लागि जारी गरेको विनिमयदर अनुसार अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ८६ रुपैयाँ ७२ पैसा, क्यानेडियन डलरको खरिददर ९६ रुपैयाँ ३९ पैसा र बिक्रीमा ९६ रुपैयाँ ८३ पैसा, सिंगापुर डलरको खरिददर ९७ रुपैयाँ ८६ पैसा र बिक्रीमा ९८ रुपैयाँ ३१ पैसा तथा जापानी येन १० को खरिददर ९ रुपैयाँ ५८ पैसा र बिक्रीदर ९ रुपैयाँ ६३ पैसा रहेको छ ।

साउदी रियाल एकको खरिददर ३४ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९९ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९९ पैसा रहेको छ । त्यस्तै युएई दिराम एकको खरिददर ३५ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७४ पैसा रहेको छ । त्यस्तै मलेसियन रिङगेट एकको खरिददर २९ रुपैयाँ २९ पैसा र बिक्रीदर २९ रुपैयाँ ४२ पैसा रहेको छ ।