१६ ब्रोकरले पाए एलओआई पत्र
वि.सं.२०८० वैशाख १८ सोमवार १५:०१
shares

काठमाडौं, १८ वैशाख । नेपाल धितोपत्र बोर्डले १६ वटा कम्पनीलाई आशय पत्र (एलओआई ) दिएको छ । सोमबार बसेको बोर्डको सञ्चालक समितिको १६ वटा कम्पनीलाई एओआई दिएको हो ।
नयाँ ब्रोकरका लागि आवेदन दिएका कम्पनीमध्ये पहिलो चरणमा १६ वटाले आशय पत्र पाएका बोर्डले जनाएको छ । बाँकी कम्पनीको चरणबद्ध रुपमा आयश पत्र दिँदै जाने बोर्डले जनाएको छ ।
ब्रोकरका लागि बोर्डमा आवेदन दिएका बाँकी कम्पनीको अध्ययन भइरहेको बताइएको छ ।
बोर्डले नयाँ ब्रोकर कम्पनीलाई आयश पत्र दिएपछि कम्पनीहरुले बोर्डले तोकेको मापदण्ड अनुसार पूर्वाधार तयार पार्नुपर्छ । पूर्वाधार तयार पारेपछि सेबोनले अनुगमन गर्ने छ । अनुगमन गर्दा मापदण्ड पुरा गरेको पाएमा ब्रोकर लाईसेन्स पाउने छन् ।



















