Dhulikhel Eco Banner new

पाउण्ड र युरोको मूल्य घट्दा डलरको स्थिर, कुन देशको विनिमयदर कति ?

4.41K
shares

काठमाडौं, १९ वैशाख । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी विनिमयदर अनुसार अमेरिकी डलरको सटहीदर स्थिर रहेको छ । अघिल्लो दिन घटेको डलरको मूल्य आज स्थिर रहेको हो । मंगलबार पाउण्ड र युरोको मूल्य पनि घटेको छ ।

मंगलबार अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ६३ पैसा र बिक्रीदर १३१ रुपैयाँ २३ पैसा रहेको छ । अघिल्लो दिन पनि सोही मूल्यमा डलरको सटही भएको थियो । त्यस्तै मंगलबार पाउण्डको मूल्य घटेको छ । आज पाउण्डको खरिददर १६३ रुपैयाँ ७१ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४६ पैसा कायम भएको छ । अघिल्लो दिन पाउण्डको खरिददर १६४ रुपैयाँया २५ पैसा र बिक्रीदर १६५ रुपैयाँ १ पैसा रहेको थियो । मंगलबार युरोको मूल्य पनि घटेको छ । आज युरोको खरिददर १४३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४७ पैसा पुगेको छ । अघिल्लो दिन युरोको खरिददर १४३ रुपैयाँ ९८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६४ पैसा रहेको थियो ।

राष्ट्र बैंकले मंगलबारका लागि जारी गरेको विनिमयदर अनुसार अस्ट्रेलियन डलर १ को खरिददर ८६ रुपैयाँ ७६ पैसा र बिक्रीदर ८७ रुपैयाँ १६ पैसा, क्यानेडियन डलरको खरिददर ९६ रुपैयाँ २५ पैसा र बिक्रीमा ९६ रुपैयाँ ६९ पैसा, सिंगापुर डलरको खरिददर ९८ रुपैयाँ ५ पैसा र बिक्रीमा ९८ रुपैयाँ ५० पैसा तथा जापानी येन १० को खरिददर ९ रुपैयाँ ५६ पैसा र बिक्रीदर ९ रुपैयाँ ६० पैसा रहेको छ ।
साउदी रियाल एकको खरिददर ३४ रुपैयाँ ८३ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९९ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८६ पैसा रहेको छ । त्यस्तै युएई दिराम एकको खरिददर ३५ रुपैयाँ ५७ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७४ पैसा रहेको छ । त्यस्तै मलेसियन रिङगेट एकको खरिददर २९ रुपैयाँ २९ पैसा र बिक्रीदर २९ रुपैयाँ ४२ पैसा रहेको छ ।