Dhulikhel Eco Banner new

सुनचाँदी सस्तियो, कतिमा हुँदैछ कारोबार ?

4.65K
shares

काठमाडौं, १९ वैशाख । मंगलबार सुन चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा २०० रुपैयाँ र चाँदी तोलामा १० रुपैयाँले सस्तो भएको हो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा १ लाख ८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलामा १ लाख ९ हजार रुपैयाँ थियो ।

यस्तै, मंगलबार चाँदीको भाउ १० रुपैयाँले घटेर तोलामा १ हजार ४०५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको भाउ तोलामा १ हजार ४१५ रुपैयाँ थियो ।