आत्तिनु पर्दैन, अर्थतन्त्र ‘ट्रयाक’मा आउँछ : अध्यक्ष ढकाल
वि.सं.२०८० असार १७ आइतवार १८:५१
shares

काठमाडौं, २५ वैशाख । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष चन्द्रप्रसाद ढकालले उद्योगी व्यवसायीलाई नआत्तिन आग्रह गरेका छन् । आर्थिक संकट सुधारोन्मुख भएको बताउँदै उनले उद्योगी व्यवसायीलाई नआत्तिन आग्रह गरेका हुन् ।
हिमालय सीमापार व्यापार संघले गरेको कार्यक्रममा अध्यक्ष ढकालले मुलुकमा देखिएको आर्थिक संकटमा केही समयपछि विस्तारै सुधार आउने र व्यापार व्यवसाय राम्रो हुने भन्दै धर्यता कायम राख्न व्यवसायीलाई अनुरोध गरे । ‘एक डेड वर्षमा अहिलेको अवस्थामा विस्तारै सुधार हुँदै जान्छ । व्यवसायीले निरास बन्नुपर्ने अवस्था छैन । आत्तिनु पर्दैन,’ उनले भने ।
घरायसी समस्याका कारणले भएका आत्महत्या हत्यालाई अर्थ र व्यापारसँग जोडेर विश्लेषण गर्नु ठिक नभएको उनको भनाइ छ । ‘विभिन्न घरायसी र अन्य कारणले कतिपय मान्छेले आत्महत्या गरेका छन् । त्यसलाई अर्थ र व्यापारसँग जोडेर हेर्ने गरिएको छ । सबै बिषयलाई आर्थिक पक्षसँग जोडेर हरिनु ठिक होइन । यस्ता घटनामा यर्थाथ पक्ष हेरिनुपर्छ,’ उनले भने ।

















