डलरको मूल्य घट्यो, पाउण्ड र युरोको बढ्यो
वि.सं.२०८० वैशाख २६ मंगलवार ०६:०९
shares

काठमाडौं, २६ वैशाख । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनियमदर अनुसार अमेरिकी डलरको मूल्य घटेको छ भने पाउण्ड र युरोको मूल्य बढेको छ । अघिल्लो दिन स्थिर रहेको लडलरको मूल्य मंगलबार १ पैसाले सस्तो भएको छ भने पाउण्डको मूल्य २७ पैसा र युरो ३६ पैसाले महंगो भएको हो ।
राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी विनियमदर अनुसार अमेरिकी डलरको खरिददर १३० रुपैयाँ ५८ पैसा र बिक्रीदर १३१ रुपैयाँ १८ पैसा पुगेको छ । अघिल्लो दिन डलरको खरिददर १३० रुपैयाँ ५९ पैसा र बिक्रीदर १३१ रुपैयाँ १९ पैसा रहेको थियो । त्यस्तै मंगलरका पाउण्डको मूल्य भने बढेको छ । पाउण्डको खरिददर १६५ रुपैयाँ ३७ पैसा र बिक्रीदर १६६ रुपैयाँ १३ पैसा रहेको छ । सोमबार पाउण्डको खरिददर १६५ रुपैयाँ १० पैसा र बिक्रीदर १६५ रुपैयाँ ८६ पैसा रहेको थियो । सोमबार सामान्य घटेको युरोको मूल्य मंगलबार बढेको छ । आज युरोको खरिददर १४४ रुपैयाँ २६ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९२ पैसा पुगेको छ । अघिल्लो दिन युरोको खरिददर १४३ रुपैयाँ ९० पैसा र बिक्रीदर १४४ रुपैयाँ ५६ पैसा रहेको थियो ।
राष्ट्र बैंकले मंगलबारका लागि जारी गरेको विनिमयदर अनुसार अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ६९ पैसा र बिक्रीदर ८९ रुपैयाँ १० पैसा, क्यानेडियन डलरको खरिददर ९७ रुपैयाँ ८६ पैसा र बिक्रीमा ९८ रुपैयाँ ३१ पैसा, सिंगापुर डलरको खरिददर ९८ रुपैयाँ ६२ पैसा र बिक्रीमा ९९ रुपैयाँ ७ पैसा तथा जापानी येन १० को खरिददर ९ रुपैयाँ ६७ पैसा र बिक्रीदर ९ रुपैयाँ ७२ पैसा रहेको छ ।
साउदी रियाल एकको खरिददर ३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३४ रुपैयाँ ९८ पैसा, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा रहेको छ । त्यस्तै युएई दिराम एकको खरिददर ३५ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७२ पैसा रहेको छ । त्यस्तै मलेसियन रिङगेट एकको खरिददर २९ रुपैयाँ ४३ पैसा र बिक्रीदर २९ रुपैयाँ ५७ पैसा रहेको छ ।

















