लघुवित्तका सदस्यहरुलाई प्रलोभन देखाएर आन्दोलनमा उतारियो : सीईओ पाठक (भिडियो सहिति)
वि.सं.२०८० वैशाख २६ मंगलवार १४:२६
shares

काठमाडौं, २६ वैशाख । उन्नती सहकार्य लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रेम बहादुर पाठकले लघुवित्तका सदस्यलाई प्रलोभन पारेर आन्दोनमा उतारिएको आरोप लगाएका छन् । केटिएभ भ्वाइससँगको कुराकानीका क्रममा सीईओ पाठकले लघुवित्तका सदस्यहरुलाई केही लाभ दिने प्रलोभन देखाएर आन्दोलमा उतारिएको आरोप लगाएका हुन् ।
‘हाम्रो सदस्यहरु केही लोभमा पर्नुभयो, लोभमा परियो कसैले अभान्छित लाभ दिन्छु भन्ने हेतुले लघुवित्तका सदस्यहरुलाई गलत प्रलोभन देखाएर उकास्ने काम भयो,’ उनले भने । ऋण मिनाह गराउँछौँ भनेर केही व्यक्तिहरुले सदस्यहरुलाई भड्काएको भन्दै यसका पछि नलाग्न पनि उनको आग्रह थियो ।
‘कुनै पनि व्यक्तिलाई लिएको ऋण तिर्नु पर्दैन भन्दा जो कोही पनि आन्दोलनमा आउने कुरा स्वभाविक नै होला तर लिएको ऋण तिर्दिन भन्न मिल्दैन, यो आम जनाताको नै पैसा हो,’ उनले भने ।
लघुवित्तले नियम अनुसार नै काम गरेको दाबी गरेको सीईओ पाठकले केही अराजक समूहरुले लघुवित्तका विरुद्ध गलत प्रचार गरिरहेको बताए । गलत गर्नेहरुलाई कडा भन्दा कडा कारबाही गर्नु पर्ने उनको भनाइ थियो । ‘हामीलाई आरोप लागेको छ । त्यो के हो भने प्रक्रिया नपु¥याएर कर्जा लगानी गरेको । तर त्यसमा कुनै पनि सत्यता छैन । हामीले सबै प्रक्रिया पुरा गरेर ऋण दिएको छौँ,’ उनले भने, ‘गलत गर्नेलाई कारबाही गर्नु पर्छ । सबैलाई एउटै बास्केटमा राखेर हेर्न मिल्दैन ।’
राष्ट्र बैंकले तोकेको निर्देशन अनुसार नै काम गरेकाले गतल भएको खण्डमा राष्ट्र बैंकले कारबाही गर्ने उनले बताए । ग्रामिण क्षेत्रमा बैंकिङ सेवा पु¥याउँदै आएका लघुवित्तका विरुद्धमा भएका अराजक कार्यलाई राज्यले टुलुटुल हेरेर मात्रै बसेको उनको आरोप थियो ।















