विद्युतीय सवारीको प्रयोगलाई प्रोत्साहन गरिने
वि.सं.२०८० जेठ ५ शुक्रवार १७:१७
4.28K
shares
shares

काठमाडौं, ५ जेठ । सरकारले विद्युतीय सवारी उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्ने भएको छ । सरकारको तर्फबाट शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो बताएका हुन् ।
पेट्रोलियम पदार्थको परनिर्भरता घटाउन सरकारले विद्युतीय सवारी उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्ने उनले बताए ।

















