सम्झौताको माध्यमबाट अगाडि बढेर नीति तथा कार्यक्रम ल्याएको : प्रधानमन्त्री दाहाल
वि.सं.२०८० जेठ १३ शनिवार १९:०३
shares

काठमाडौं, १३ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सम्झौताको माध्यमबाट अगाडि बढेर नीति तथा कार्यक्रम ल्याएको बताएका छन् ।
शनिबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै उनले परम्परागत भन्दा भिन्न खालको छोटो र देशको अहिले देशको समस्यालाई ठोस र मूर्त रुपमा सम्बोधन हुनेगरी नीति कार्यक्रम तयार गर्ने तयारी गरिएको बताए । तर मन हुँदा हुँदै पनि समयको चापले सम्झौतामा अगाडि बढ्नु पर्दा नीति तथा कार्यक्रम यस्तो आएको प्रष्ट पारे ।
उनले भने ‘यो पटक मैले कोशिश पनि गरे । परम्परा भन्दा भिन्न खालको छोटो र देशको अहिले देशको समस्यालाई ठोस र मूर्त रुपमा सम्बोधन हुनेगरी नीति कार्यक्रम तयार पार्दा के होला भन्ने सोचे । र, थोरै छलफल राजनीति वृतमा गर्ने कोशिश गरे तर समयको चाप र हाम्रो काम गर्ने तरिकामा ठूलो परिवर्तन तत्काल सम्भव नहुँने हुँदा मैले अन्तत सम्झौताको माध्यमबाट अगाडि बढ्नु पर्ने बाध्यता मैले महसुस गरे ।’
प्रधानमन्त्री दाहालले परम्परालाई पनि आत्मसाथ गरेर जानुपर्ने र केहि नयाँ कुराहरु पनि सम्बोधन गरेर जानु पर्ने आवश्यकतालाई कार्यक्रममा समेट्ने प्रयास गरिएको बताए ।


















