कर कटाएर भए पनि मूल्यवृद्धि कम गर्न प्रचण्डको आग्रह
वि.सं.२०७९ जेठ १४ शनिवार १२:३०
shares
फाइल फोटो
काठमाडौं, १४ जेठ । नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले सरकारलाई कर कटाएर भए पनि मूल्य वृद्धि घटाउन आग्रह गरेका छन् । शनिबारको संघिय संसदको नीति तथा कार्यक्रममा भाग लिने क्रममा अध्यक्ष प्रचण्डले यस्तो बताएका हुन् ।
छिमेकि देशहरुमा पनि यो परिपार्टी रहेको उदाहरण दिँदै अध्यक्ष प्रचण्डले सरकारलाई कर घटाएर पनि जनातालाई राहत दिनका लागि आग्रह गरेका हुन् । सरकारले जनाताको पक्षमा काम गर्नु पर्ने भन्दै यस तर्फ सरकारले ध्यान दिनु पर्ने आवश्यकता रहेको उनको भनाई छ ।



















