Dhulikhel Eco Banner new

आयकरको सीमा बढ्यो, मासिक ४५ हजार ८३३ कमाउनेले १ प्रतिशत मात्र कर तिर्नुुपर्ने

5.32K
shares

काठमाडौं, १५ जेठ । अर्थमन्त्री जनार्दन शर्माले आइतबार संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेटमार्फत आयकरको सीमा वृद्धि गरिएको घोषणा गर्ने छन् ।

आयकरको सीमा एक लाख रुपैयाँ बढ्ने छ। अहिले एकललाई चार लाख र दम्पतीलाई साढे चार लाखसम्म एक प्रतिशत कर लाग्छ ।
त्यसभन्दा माथि १०, २०, ३० हुँदै ३६ प्रतिशतसम्म करको व्यवस्था छ । आय करको सीमा एक लाख वृद्धिपछि एकलले ५ लाखसम्म र दम्पतीले साढे ५ लाख रुपैयाँसम्मको आयमा १ प्रतिशत मात्र कर तिरे पुग्छ ।

माथिल्लो तहमा लाग्ने आय करको सीमा पनि क्रमशः एक लाख रुपैयाँका दरले बढाइएको स्रोतको दाबी छ ।
राजनीतिक तहबाट सात लाखको आयसम्म १ प्रतिशत मात्र कर लगाउन दबाब आएको थियो। एकै पटक धेरै छुट दिँदा राजस्वमा भ्वाङ पर्ने भन्दै कर्मचारीस्तरबाट एक लाख मात्र सीमा बढाउन सुझाव आएको थियो। कर्मचारीको सुझावमा अर्थमन्त्री सहमत भएका हुन ।