घाटामा चलेका छन् १९ संस्थान, नाफा कमाउनै मुस्किल
वि.सं.२०७९ जेठ १५ आइतवार १०:३२
shares

काठमाडौं, १५ जेठ । देशभर सञ्चालनमा रहेका सार्वजनिक संस्थानमध्ये १९ वटा संस्थान घाटामा चलेका छन् । देशभर सञ्चालनमा रहेका ४४ वटा संस्थानमध्ये १९ वटा सार्वजनिक संस्थान घाटामा सञ्चालन भइरहेको अर्थमन्त्रालयले जनाएको छ ।
आर्थिक वर्ष २०७७/७८ ४४ वटा संस्थानमध्ये २२ वटा मात्रै नाफामा रहेको मन्त्रालयको तथ्यांकमा देखिएको छ । सञ्चालनमा रहेका १९ वटा सार्वजनिक संस्थानलाई भने अहिले पनि नाफा कमाउनका लागि मुस्किल देखिएको हो । मन्त्रालयका अनुसार नाफा कमाएका संस्थानहरुबाट आर्थिक वर्ष २०७७/७८ मा सरकारले ६ अर्ब ७२ करोड १४ लाख रुपैयाँ लाभांश प्राप्त गरेको छ । जबकी आव २०७६/७७ मा यस्तो नाफा १४ अर्ब ९ करोड ९५ लाख रुपैयाँ थियो । जुन आर्थिक वर्ष २०७७/७८ ५२.३३ प्रतिशतले कमी आएको छ ।
आर्थिक वर्ष २०७७/७८ मा सार्वजनिक संस्थानको कुल सञ्चालन आयमा १.५१ प्रतिशतले वृद्धि भई ४ खर्ब ३५ अर्ब १७ करोड ३९ लाख रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०७७/७८ मा कुल ग्राहस्थ उत्पादन र कुल सञ्चालन आयको अनुपात १०.१७ प्रतिशत रहेको छ । सार्वजनिक संस्थानबाट प्राप्त भएको १४ अर्ब ८२ करोड ९ लाख रुपैयाँ आयकर प्राप्त भएको छ ।


















