नेपालीको औसत आयु नै कम भएकाले वृद्धभत्ताको उमेर परिवर्तन : अर्थमन्त्री
वि.सं.२०७९ जेठ २० शुक्रवार १६:१४
shares
फाइल फोटो
काठमाडौं, २० जेठ । अर्थमन्त्री जनार्दन शर्माले नेपालीको औसत आयु नै थोरै भएकाले सामाजिक सुरक्षा भत्ता दिने उमेर फेरबदल गरिएको बताएका छन् । यसअघि ७० वर्षमा वृद्धभत्ता दिइँदै आएकोमा नयाँ बजेटले मापदण्ड घटाएर ६८ वर्ष पु¥याइएकोमा आर्थिक भार थपिने टिप्पणी बढिरहेको छ ।
अर्थमन्त्री शर्माले १५ औं आवधिक योजनाले निकालेको निर्षकर्ष अनुसार ६९.७ वर्ष आयु रहेको बताए ।
उनले भने, ‘गरिब र निमुखा जनतालाई वृद्धभत्तामा जोड्नको लागि वृद्धभत्ताको समय घटाएर ६८ वर्षमा झारिएको हो ।’ बजेटमाथि सदनमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले यसले विपन्न नागरिकलाई राहत मिल्ने बताए ।



















