Dhulikhel Eco Banner new

एक वर्षमा थपिए ४०० भन्दा बढी उद्योग

3.52K
shares

काठमाडौं, १० साउन । आर्थिक वर्ष २०८०/८१ को विवरण एक वर्षमा ४०० भन्दा बढी उद्योग थपिएका छन् । विभागका अनुसार गत वर्ष स्वदेशी तथा विदेशी गरि कुल ४३४ वटा उद्योग दर्ता भएका छन् । गत असार महिनामा मात्रै ६५ वटा नयाँ उद्योग थपिएका छन् ।

एक वर्षमा ३३३ वटा साना उद्योग विभागमा दर्ता भएका छन् भने ५२ वटा मझौता उद्योग दर्ता भएका छन् । विभागका अनुसार वर्षभर ४९ वटा ठुला स्वदेशी तथा विदेशी उद्योग दर्ता भएका छन् ।

गत वर्ष कुल लगानी (प्रस्तावित) २ खर्ब १ अर्ब ८१ करोड रुपैयाँ छ । यसबाट २५ हजार ५५१ जनाले रोजगारी पाउने छन् ।

विभागका अनुसार ४०२ वटा परियोजनाका लागि विदेशी लगानी स्वीकृत भएको हो । प्रस्तावित कुल विदेशी लगानी ६१ अर्ब ७८ करोड रुपैयाँ छ । प्रस्तावित विदेशी परियोजनाहरुमा रोजगारी संख्या १९ हजार ५६५ रहेको छ।

औद्योगिक व्यवसाय ऐन, २०७६ अनुसार लघु उद्यम र घरेलु उद्योग बाहेकका १५ करोड रुपैयाँसम्मका स्थिर पुँजी भएका उद्योगलाई साना उद्योगमा वर्गीकरण गरिएको छ । यस्तै, १५ करोड भन्दा बढी ५० करोड रुपैयाँसम्म स्थिर पुँजी भएका उद्योगलाई मझौला र ५० करोड माथि स्थिर पुँजी भएका उद्योलाई ठुलो उद्योगमा वर्गीकरण गरिएको छ ।