Dhulikhel Eco Banner new

नबिल बैंक बन्यो वित्तीय क्षेत्रको उत्कृष्ट करदाता

2.89K
shares

काठमाडौं, १ मंसिर । आन्तरिक राजश्व विभागले बैंक तथा वित्तीय संस्थाहरुमध्ये सबैभन्दा बढी कर दाखिला गर्ने बैंकको रुपमा नबिललाई सम्मानित गरेको छ ।

राष्ट्रिय कर दिवसका अवसरमा शनिबार आयोजना गरेको कार्यक्रममा उत्कृष्ट करदातालाई सम्मान गरेको हो ।

यसपटक सबैभन्दा धेरै आयकर दाखिला गर्नेमा नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) बनेको छ भने व्यक्तितर्फ राजबहादुर शाह धेरै आयकर तिर्ने करदाताका रुपमा सम्मानित भएका छन् ।

रेमिट्यान्स तथा मनी ट्रान्सफरतर्फ सिटी एक्सप्रेस र मूल्य अभिवृद्धि कर विवरण र सो बमोजिम कर समयमै दाखिला गरी नियमित कर सहभागिता जनाएका करदातामध्ये होङ्सी शिवम् सिमेन्ट प्रा.लि सम्मानित भएका छन् ।

त्यसैगरी एकलौटी फर्महरूमध्ये श्रुती ट्रेडर्स, वस्तु निर्यातको कारोबारमा डाबर नेपाल, सूचना प्रविधिसम्बन्धी सेता निर्यातमा कोडावतार प्रा.लि, कृषि तथा पशुपंक्षी उद्योगमा पतञ्जली आयुर्वेद र स्वास्थ्य तथा शैक्षिक संस्थामा लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटल पहिलो हुँदै सम्मानित भएका छन् ।

यस्तै, पर्यटन व्यवसायतर्फ तारागाउँ रिजेन्सी होटल, वस्तु व्यापारको कारोबारमा भाटभटेनी सुपर मार्केट पहिलो भएका छन् । वार्षिक कारोबार ५० देखि बढीमा १०० करोडसम्म कारोबार गर्ने करदाताहरुमध्ये सीडीएट्ठ एण्ड क्लियरिङ लिमिटेड, ऊर्जामूलक उद्योगमध्ये भोटेकोशी पावर कम्पनी सम्मानित भएका छन् ।