३३४ किलो यार्सागुम्बा निर्यात हुँदा भित्रियो १२ करोड ५० लाख ३२ हजार
वि.सं.२०८१ मंसिर ११ मंगलवार १२:३२
shares

काठमाडौं, ११ मंसिर । चालु आर्थिक वर्षको कार्तिक मसान्तसम्ममा ३३४ किलो यार्सागुम्बा निर्यात हुँदा १२ करोड ५० लाख ३२ हजार रुपैयाँ बराबर भित्रिएको छ ।
जसमध्ये सबैभन्दा धेरै ५ करोड २६लाख ३१ हजार रुपैयाँ बराबरको ८० किलो यार्सागुम्बा हङकङमा निर्यात भएको हो । दोस्रो चीनमा ३ करोड ४० लाख ९६ हजारको १२८ किलो, तेस्रो १ करोड ५५ हजार रुपैयाँको ५३ किलो यार्सागुम्बा कम्बोडियामा निर्यात भएको छ ।
यसैगरी ८९ लाख ८४ हजार रुपैयाँको १२ किलो यार्सागुम्बा सिङ्गापुर, अमेरिकामा ८३ लाख ६० हजार रुपैयाँको १४ किलो, ६४ लाख २९ हजारको २४ किलो भियतनाम, २१ लाख ४४ हजार रुपैयाँको ६ किलो मलेसिया, बेलायतमा १९ लाख ९८ हजार रुपैयाँको १८ किलो र ३ लाख ३५ हजार रुपैयाँको जापानमा निर्यात भएको छ ।


















