Dhulikhel Eco Banner new

स्थानीय तहको बजेट आज

6.93K
shares

काठमाडौं, १० असार । स्थानीय तहले शुक्रबार (आज) आगामी वर्षको बजेट आ–आफ्नो गाउँ र नगर सभामा प्रस्तुत गर्ने भएका छन् । अन्तरसरकारी वित्त व्यवस्था ऐनको दफा २१ मा स्थानीय तहले असार १० गतेभित्र आ–आफ्नो सभामा आगामी वर्षको बजेट पेस गर्नुपर्ने कानुनी व्यवस्था रहेको छ । सोही अनुसार ७५३ वटै पालिकाहरुल आज आ–आफ्नो सभामा बजेट पेस गर्ने भएका हुन् ।

कतिपय स्थानीय तहले भने यसअघि नै आ–आफ्नो सभामा बजेट पेस गरिसकेका छन् । सङ्घीय सरकारले जेठ १५ गते र प्रदेश सरकारले असार १ गते सङ्घ र प्रदेशको व्यवस्थापिकामा बजेट पेस गरिसकेका छन् । स्थानीय तहले नीति, कार्यक्रम र बजेटसँगै आर्थिक ऐन र विनियोजित ऐनसमेत सभामा पेस गरी असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।