Dhulikhel Eco Banner new

विदेशी मुद्रा बढाउने क्षेत्रमा लगानी गर्नुहोस्ः प्रधानमन्त्री देउवा

5.28K
shares

काठमाडौं, ८ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले आन्तरिक उतपादनमा वृद्धि गर्नका लागि निजी क्षेत्रलाई आग्रह गरेका छन् । आइतबार काठमाडौं आयोजित नेपाल उद्योग परिसंघको १९ औँ साधारण सभाको उद्घाटन कार्यक्रम बोल्दै प्रधामन्त्री देउवाले विदेशी सामान आयात गर्नेभन्दा विदेशमा वस्तु निर्यात गर्ने तर्फ ध्यान दिनु पर्ने बताएका हुन् ।

अहिले देशको अर्थतनत्र आन्तरिक र बाह्र क्षेत्रको चापमा परेको भन्दै विलाशी र महँगा वस्तु आयात गर्नुभन्दा आन्तरिक उत्पादन बढाउने क्षेत्रमा लगानी गर्न देउवाले उद्योगी व्यवसायीलाई आग्रह गरे । ‘सरकारले स्वदेशी उद्योगको विकासका लागि नीतीगत र कानून सुधार गर्दै आएका छ । अझै पनि कानूनी, नीतिगत र संस्थागत सुधार गर्न हामी प्रतिबद्ध छौं,’ प्रधानमन्त्री देउवाले भने ।

राष्ट्र बैंकले बजेट कार्यान्वयनमा सहयोग गर्ने गरी मौद्रिक नीति ल्याएको भन्दै मौद्रिक नीतिले दिएको सहुलियत प्रयोग गर्दै उत्पादन मुलक उद्योग स्थापना गर्नतर्फ लाग्न प्रधानमन्त्री देउवाले आग्रह गरे । प्रधानमन्त्री देउवाले अर्थतन्त्रमा देखिएका समस्या सन्तुलित बित्त र मौद्रिक नितीमार्फत् समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताए ।