Dhulikhel Eco Banner new

श्वेत गंगाको आईपीओमा १६ लाख बढीको आवेदन

5.01K
shares

काठमाडौं, ८ साउन । श्वेत गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको आईपीओमा १६ लाखबढीको आवेदन परेको छ । कम्पनीले साउन ४ गते देखि निष्काशन गरेको आईपीओमा अन्तिम समयसम्म १६ लाख ३ हजार ७७२ आवेदन परेको हो ।

सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आइतबार ५ बजेसम्ममा उक्त आवेदनबाट १ अर्ब ८२ करोड ३९ लाख २७ हजार रुपैयाँ बराबरको एक करोड ८२ लाख ३९ हजार २७० कित्ता शेयरको आवेदन परेको हो । यो सर्वसाधारणलाई छुट्टाएको २२ लाख ७० हजार २५ कित्ताको ८.०३ गुणा बढी हो ।

कम्पनीको शेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार गोला प्रथाबाट न्युनतम १० कित्ताको दरले शेयर वितरण हुनेछ । त्यस अनुसार २ लाख २७ हजार २ जनाले मात्रै शेयर पाउनेछन् ।