मेरो जबको आईपीओ बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल
वि.सं.२०७९ साउन ८ आइतवार १९:२५
shares

काठमाडौं, ८ साउन । मेरो जब लिमिटेडलाई साधारण सेयर (आइपीओ) निष्काशन गर्नका लागि बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटलाई नियुक्त गरेको छ । कम्पनीको आईपीओ निष्काशनको अन्तिम चरणमा रहेको र त्यसका लागि बिक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटललाई नियुक्त गरिएको हो ।
दुई संस्थाबीच यस विषयमा सम्झौता सम्पन्न भएको छ । नेपालमा सर्वसाधारणका लागि आईपीओ जारी गर्ने यस्तो पहिलो कम्पनी हो । कम्पनीले सन् २००९ देखि काम खोजि रहेका र कर्मचारीको खोजिमा रहेकाहरु बीचमा पुलको रुपमा काम गर्दै आएको छ ।
हाल मेरो जब लिमिटेडको वेवसाइटमा करिब १० लाख काम खोज्ने व्यक्तिहरु दर्ता भएका छन् भने करिब ४० हजार जोगजारदातहरुले मावन संसाधन व्यवस्थपानमा सेवा लिइरहेका छन् ।

















