हृदयेन्द्रलाई राजाका रुपमा हेर्न चाहन्छु : रवीन्द्र मिश्र
वि.सं.२०७९ साउन १४ शनिवार १३:२२
shares

काठमाडों, १४ साउन । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रले पूर्वराजा ज्ञानेन्द्र शाहका नाती हृदयेन्द्रलाई राजाको रुपमा हर्न चाहेको बताएका छन् । मिश्रले हृदयेन्द्रको २१ औँ जन्मदिनको अवसरमा शुभकामना दिदै राजा भएको हर्न चाएको बताएका हुन् ।
उनले सामाजिक सञ्जालमा हृदयेन्द्रको मिश्रले लेखेका छन्– ‘म यहाँलाई एकदिन राजाका रूपमा देख्न चाहन्छु । २१औँ जन्मदिनको शुभकामना !’ उनले आफ्नो २० वर्षको पत्रकारिता र ५ वर्षको राजनीति तथा अन्य अनुभवका आधारमा मुलुक ढिलोचाँडो नराम्रो संकटमा फस्ने र संकटको बेला मात्र सदुपयोग गर्ने गरी खोपामा भए पनि राजसंस्था राख्नुपर्ने लेखेका छन् ।













