विष्ट र काफ्ले सचिवमा बढुवा
वि.सं.२०७९ साउन १९ बिहीवार १६:४०
shares

काठमाडौं, १९ साउन । सरकारले खाली रहेको प्रशासन र लेखापरीक्षण तर्फको सचिवमा दुई जना सह सचिवलाई बढुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषदका् बैंकले प्रशासन तर्फ दिपक काफ्ले र लेखापरीषण तर्फ विन्दु विष्टलाई सचिबमा बुढुवा गरेको हो ।
सचिव बढुवा सिफारिस समितिले सिफारिस गरेका ४ जनामध्ये पहिलो नम्बरमा सिफारिस भएका काफ्ले प्रशासन तर्फको सचिब बनेका हुन भने लेखापरीक्षण तर्फ विष्टको नाम मात्रै सिफारिस भएको थियो । प्रशासन तर्फ काफ्ले सहित अन्य दुई जनको नाम समेत सिफारिस भएको थियो । प्रशासनतर्फ सचिव बढुवाका लागि कार्य सम्पादन मूल्याङ्कनका आधारमा पहिलो नम्बरमा काफ्ले, दोस्रो नम्बरमा नारायण शर्मा र तेस्रो नम्बरमा दिनेश घिमिरे सिफारिस भएका थिए । लेखापरीक्षणतर्फ सचिव बढुवाका लागि ज्येष्ठताका आधारमा विष्टको मात्रै नाम सिफारिस भएको थियो ।
काफ्ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको श्रम सम्बन्ध तथा सामाजिक सुरक्षा महाशाखा प्रमुखको जिम्मेवारीमा छन्। विष्ट महालेखापरीक्षकको कार्यालयमा नायब महालेखापरीक्षकको जिम्मेवारीमा छिन ।
प्रशासनतर्फ संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपाने साउन १२ गतेदेखि अनिवार्य अवकाशमा गएपछि एक सचिव रिक्त भएको थियो । लेखापरीक्षणतर्फ महालेखा परीक्षकको कार्यालयमा कार्यरत उप–महालेखापरीक्षक रामुप्रसाद डोटेल पनि साउन १२ गते नै अनिवार्य अवकाशमा गएपछि एक पद रिक्त भएको थियो ।















