अछाम चुनाव क्षेत्र नम्बर २ ‘ख’ बाट शंकर भण्डारीको नाम सिफासिर
वि.सं.२०७९ भदौ १३ सोमवार १६:५०
shares

काठमाडौं, १३ भदौ । अछाम जिल्लाको क्षेत्र नम्बर २ को प्रदेश सभा ‘ख’ बाट नेकपा (एकीकृत समाजबादी)ले शंकर भण्डारीको नाम सिफासिर गरेको छ । आइतबार समाजबादीले भण्डारीको नाम प्रदेशभाको उम्मेदावरका लागि माथिल्लो कमिटीमा सिफारिस गरेको हो ।
भण्डारी नेकपा (एकीकृत समाजबादी) पार्टीको केन्द्रिय सदस्य हुन् । सानै उमेरदेखि राजनीतिक सक्रिय भण्डारी सामाजिक कार्यमा सधै सक्रिय रहन्छन् । उनी कोरोनाको तथा बाढी पहिरोले क्षति पु¥याएको समयमा दुःखमा परेका व्यक्तिहरुको सहयोगमा लागिरहने व्यक्तिमा पर्छन् ।
जिल्लाको कमलबजार नगरापलिका वडा नम्बर ६ मा जन्मेका ३९ वर्षका भण्डारी नेपाल संस्कृत विश्वविद्यालयमा राजनीतिशास्त्रमा विद्याबारीधि गरिरहेका छन् । पढाइमा सानै देखि अब्बल रहेका उनी एसएसलसीमा जिल्ला तेस्रो भएका थिए । विभिन्न देशको भ्रमण गरेर त्यहाँको विकासको जानकारी लिएका उनले आफ्नो क्षेत्रको विकासका लागि आफू निरन्तर लागिरहेने बताएका छन् । उनले अहिलेसम्म विभिन्न २३ देशको भ्रमण गरिसकेका छन् ।
भण्डारीले बिभिन्न राष्ट्रिय स्तरका पत्रपत्रिकाहरुमा आफ्ना दर्जनौँ लेख रचनाहरु प्रकाशन गरिसकेका छन् । आफ्नो क्षेत्रको समृद्धि र विकासका लागि आफ्नो जीवन यापन गर्ने चाहाना रहेको उनले बताए ।


















