Dhulikhel Eco Banner new

युवा उधमशीलता शिखर सम्मेलन आयोजना हुदै

5.06K
shares

काठमाडौं, २७ भदौ । सरकार र निजी क्षेत्रको साझेदारीमा भदौ २८ गते नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन २०२२ आयोजना हुने भएको छ । सरकार र निजि क्षत्रको साझेदारीमा शिखर सम्मेलनको दोस्रो संस्करण आयोजना गर्न लागिएको हो ।

“आर्थिक समृद्धीका लागि नवप्रवर्तन र उद्यमशीलता” भन्ने मुल नाराका साथ आयोजना गरिने सम्मेलनले युवाहरुलाई उत्पादन र स्वरोजगारसंग जोड्दै नेपालमै उद्यमी बनाउन प्रोत्साहन गर्ने उद्देश्य राखेको परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले बताए । समझदारी समारोहमा राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले ५७ बर्ष पहिला स्थापना भएको वाणिज्य बैंक युवाहरुलाई उद्यमी बनाउन आवश्यक बिँउ पुँजी, तालीम र यस्ता खाले सम्मेलनमा सधै साथमा रहने प्रतिवद्धता ब्यक्त गरे । त्यसैगरी सम्मेलन मुल आयोजक समितिका संयोजक विशाल गैरेले युवा उद्यमका लागी सरकारको कानुन, कार्यक्रम र बजेटबारे पुनरावलोकन गर्न यो सम्मेलनले सहजीकरण गर्ने बताए ।

युवा उद्यमशीलताका लागि बातावरण बनाउदै स्टार्टअपहरुको सङ्ख्यातमक र गुणत्मक सहभागीता लागि सम्मेलन आयोजना गर्न लागिएको उनको भनाइ छ । ७७ वटै जिल्लाबाट प्रतिनिधित्व रहने गरी उद्यमी बन्न चाहने र उद्यम गरिरहेका करिव ५०० जना युवाहरु सम्मेलनमा सहभागी हुने छन् ।

सम्मेलनमा स्टाटअर्प स्टोरी आदानप्रदान, प्यानल डिस्कसन, समुहगत छलफल, नेटवकीङ्, सफल युवा उद्यमीहरुको प्रस्तुती सहितको अवार्ड बितरण, उद्यमी मेला, बिश्व बजारमा भइरहेका नवप्रवर्तनीय कार्यको डेमो प्रदर्शन, लगानी सम्झौता, मेन्टरीङ र लगानी सम्झौतालगायतका कार्यक्रमहरु रहेका छन् । सम्मेलनमा नेपाल सरकारको राष्ट्रिय योजना आयोग र बागमती प्रदेश सरकारको उद्योग, बाणिज्य तथा आपुर्ती मन्त्रालयसमेत साझेदार रहेको छ ।

कार्यक्रमको प्रायोजनक राष्ट्रिय वाणिज्य बैंक रहेको छ । प्रायोजक सम्बन्धी सम्झौतामा राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किराण कुमार श्रेष्ठ र विशाल मिडिया ग्रुपका प्रमुख कार्यकारी अधिकृत तथा आयोजनक समितिका संयोजक विशाल गैरेले हस्ताक्षर गरेका छन् ।

नयाँ स्टार्टअपहरुलाई लगानीकर्ता खोज्न सहजीकरण गर्ने, नेपालमा सफल स्टार्टअपहरुको प्रस्तुती र नयाँ युवाहरुलाई उत्प्रेरणा जगाउन, बित्तिय साक्षरता र बैकिङ् पँहुच अभिबृद्धिका गर्नु, युवा उद्यमका लागी सरकारको कानुन, कार्यक्रम र बजेटबारे पुनरावलोकन गर्नका लागि, बलियो राष्ट्रियस्तरको नेटवकीङ्का लागि, उच्चपदस्त राजनीतिज्ञ र सरकारी अधिकारी मार्फत युवा उद्यमशीलताका लागि प्रतिवद्धता लिने, दोस्रो पक्षको ब्यवसायिक प्रवद्र्धन गर्ने, सरकारको उद्यम प्रवद्र्धन गर्न ल्याएको ब्याज अनुदान कार्यविधिको कार्यान्वयनका लागि र युवा उद्यमशीलताका लागि बातावरण बनाउँदै स्टार्टअपहरुको सङ्ख्यातमक र गुणत्मक सहभागीता बढाउने उद्देश्यका साथ यो कार्यक्रम आयोजना गर्न लागिएको हो ।