GBIME

ललितपुर २ मा एमालेको सुरुवाती अग्रता

840
shares

काठमाडौं, ५ मंसिर । देशभर आइतबार भएको निर्वाचनको मतगणना सुरु भएको छ । केही निर्वाचन क्षेत्रको मत गणना सुरु भएर सुरुवाती नजिता समेत आउन थालेको छ । जसमध्ये ललितपुर क्षेत्र नं. २ को प्रारम्भिक मतगणनामा नेकपा एमाले अगाडि देखिएको छ । दोस्रो स्थानमा हाम्रो नेपाली पार्टीका उम्मेदवार छन् ।

जारी मतगणना अनुसार नेकपा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जन १ हजार ३६७ मतसहित अग्रता बनाइरहेका छन् । दोस्रो स्थानमा रहेका हाम्रो नेपाली पार्टीका सुदिन शाक्यले १ हजार ९७ मत पाएका छन् ।

सत्ता गठबन्धनका साझा उम्मेदवार एकीकृत समाजवादीका कृष्णलाल महर्जन ८७७, राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले ७९० र राप्रपाका उम्मेदवार रघुवर राज थापाले ६७६ मत पाएका छन् । ललितपुर २ को मतगणना सातदोबाटोमा रहेको नेपाल तेक्वान्दो संघको कार्यालयमा जारी छ ।