बाँके ३ (२) मा कांग्रेसका बादशाह कुर्मी विजयी
वि.सं.२०७९ मंसिर ८ बिहीवार ०९:४७
4.26K
shares
shares

काठमाडौं, ८ मंसिर । बाँकेको क्षेत्र नं ३ प्रदेश २० बाट नेपाली कांग्रेसका बादशाह कुर्मी विजयी भएका छन् ।
उनले १३ हजार चार सय ३३ मत प्राप्त गरेर नेकपा एमालेका भीम ओलीलाई पराजित गरेका निर्वाचन अधिृकत प्रकाशबहादुर भण्डारीले जानकारी दिए । उनका निकटतम प्रतिद्वन्द्वी ओलीले १० हजार नौ सय ५० मत प्राप्त गर्दा जनता समाजवादी पार्टीका विजयकुमार पाठकले चार हजार चार सय ५१ मत पाएका छन् ।















