Dhulikhel Eco Banner new

धनुषा ३ बाट एमालेकी जुली कुमारी महतो निर्वाचित

6.67K
shares

काठमाडौं, ९ मंसिर । धनुषा क्षेत्र न. ३ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेकी जुली कुमारी महतो निर्वाचित भएकी छन् ।

जसपासंग गठबन्धन गरेको एमालेकी उनी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का अनिल झालाई ९ हजार ६६९ मतान्तरले पराजित गरिन् ।

महतोले ३३ हजार ३५५ मत ल्याएर निर्वाचित हुंदा सत्ता गठबन्धनका उम्मेदवार झा २३ हजार ६८६ मा रोकिए ।०७४ मा यो क्षेत्रबाट लोसपाका राजेन्द्र महतो विजयी भएका थिए ।