प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत, १७२ जनाको समर्थन
वि.सं.२०७९ चैत ६ सोमवार १८:५९
shares

काठमाडौं, ६ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएका छन् । संसदमा सोमाबार विश्वसको मत लिएका प्रधानमन्त्री प्रचण्डको पक्षमा १७२ जनाले विश्वासको मत दिएका हुन् ।
२७५ सांसद रहेका प्रतिनिधि सभामा सहभागी २६२ को उपस्थिति रहेको थियो । प्रधानमन्त्रीको विपक्षमा ८९ जनाले मत दिए भने नेपाल मजदुर किसान पार्टी तटस्थ बस्यो । १० जना सांसद भने संसदको बैठकमा अनुपस्थित रहेका थिए । प्रधानमन्त्रीलाई माओवादीसहित कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी, (जसपा), नेकपा एकीकृत समाजवादी, जनमत, नागरिक उन्मुक्ति, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय जनमोर्चा, आम जनता पार्टीले विश्वासको मत दिए । त्यस्तै एमालले र राष्ट्रिय प्रजातन्त्र पार्टीले विपक्षमा मतदान गरे ।
यसअघि पुस २६ गते विश्वासको मत लिँदा उनले संसदमा उपस्थित २७० मध्ये २६८ जना सांसदको मत पाएका थिए । एमाले नेतृत्वको सात दलीय गठबन्धन छाडेर चुनावअघिकै गठबन्धनको पक्षमा उभिएपछि प्रचण्डले दोस्रो पटक विश्वासको मत लिएका हुन् ।














