राज्यको कमजोरीले विश्व सम्पदा ओझेलमा पर्यो : सांसद बज्राचार्य
वि.सं.२०८० वैशाख १ शुक्रवार १६:३४
shares

काठमाडौं, १ वैशाख । बागमती प्रदेशका सांसद शैलेन्द्र बज्राचार्यले विश्व सम्पदा ओझेलमा परेको बताएका छन् । शुक्रबार बसन्तपुरमा आयोजित नेपाल पर्यटन दिवसको अवसरमा हेरिटेज टुरिजमको बारेमा आफ्नो धारणा राख्दै राज्यको कमजोरीले गर्दा विश्व सम्पदा ओझेलमा परेको बताए ।
विश्व सम्पदाको संरक्षणको विषयलाई कसैले पनि बुझेकै छैनन् । यो सबै राज्यकै कमजोरी हो । स्थिरताको राजनीति छैन् । सम्पदा ओझेलमा पक्कै पनि परेको छ । राष्ट्रपति, प्रधानमन्त्री आउने समयमा राम्रो तयारी हुन्छ । त्यसपछि छैन् । यसको लागि समिति गठन गर्छन् तर यहाँ पनि भ्रष्टाचार मौलाएको छ ।
संघीय ,प्रदेश र स्थानीय तहको सरकार एक भएर यसको स्वरुप परिवर्तन गर्न सकिने उनको भनाइ छ । उनले राजनीति संगसंगै विश्व सम्पदाको संरक्षणको विषयमा पनि भ्रष्टाचार मौलाएको जिकिर गरे ।



















