Dhulikhel Eco Banner new

संसद बैठकमै सांसदले लुगा खोलेपछि…..

5.95K
shares

काठमाडौं, २५ वैशाख । प्रतिनिधि सभाको सोमबारको बैठकमा एक अनौठो दृश्य देखियो । विशेष सायको माग गर्दै बोल्न नपाएपछि स्वतन्त्र सांसद अमरेशकुमार सिंहले लुगा फुकालेर विरोध गरे । संसदमा कुर्सी, माइक तोड्न घटना घटेपनि लुगा खोलेर विरोध जनाएको सायद यो पहिलो पटक होला ।

विरोध जनाउन लुगा फुकालेका सांसद सिंहले सभामुख देवराज घिमिरेको कडा चेतावनी पछि लुगा लगाएका थिए । प्रतिनिधि सभाको नियमावली २०७९ को नियम ३० अनुसार सभामुखले सांसदलाई चेतावनी दिन सक्ने व्यवस्था रहेको छ । चेतावनी पाएपछि अभद्र व्यवहार गर्ने सदस्यले आफ्नो व्यवहारमाथि तुरुन्त नियन्त्रण गर्नुपर्छ । त्यसै अनुसार सिंहले आफुले फुकाएको लुगा लगाएका थिए । स्वतन्त्र सांसद सिंहले फुकालेको लुगा नलगाएको भए सभामुख घिमिरेले बैठक कक्षबाट निष्काशन गर्ने तयारी गरेका थिए । नियमावलीको नियम ३० मा सांसदले अभद्र व्यवहार देखाएमा सभामुखले निष्काशन गर्न सक्ने व्यवस्था छ । बैठकबाट निष्काशन भइसकेपछि उक्त दिनको बाँकी अवधिको बैठकमा निष्काशन भएको सांसद उपस्थित हुन नपाउने व्यवस्था छ ।

सभामुखको ओदश पाएपछि त्यस्तो सदस्य बैठक कक्षबाट तुरुन्त बाहिर नगएमा सभामुखले मर्यादापालकको सहयोग लिएर बाहिर निकाल्न सक्नेछन् । मर्यादापालकको सहयोगबाट निष्काशन सदस्यले त्यसपछिको तीन दिनसम्म सांसद वा कुनै समितिको भाग लिन पाउने छैन ।
स्वतन्त्र सांसद सिंहले लुगा खोलेको विषय अहिले सामाजिक सञ्जालमा निकै भाइरल बनिरहेको छ ।