Dhulikhel Eco Banner new

ढाकाकुमारको कारर्वाहि रोक्न सर्वोच्चको अल्पकालीन अन्तरिम आदेश

4.97K
shares

काठमाडौँ, २५ वैशाख । सर्वोच्चले ढाकाकुमार श्रेष्ठमाथिको कारर्वाहि रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।

मन्त्री बन्न व्यवसायी दुर्गा प्रसाईंसंग दुई करोड रुपैयाँ मागेको अडियो बाहिरिएपछि रास्वपाले सांसद र पार्टी सदस्यबाट श्रेष्ठलाई निष्कासन गरेको थियो । निष्कासनपछि श्रेष्ठले आफूमाथिको कारर्वाहि गैर कानुनी भएको दाबीसहित सर्वोच्चमा रिट निवेदन दिएका थिए ।

सोमबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले श्रेष्ठलाई सांसदबाट हटाउने निर्णय तत्काल कार्यान्वयन नगर्न र अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई बोलाउने आदेश भएको सर्वोच्चका प्रवक्ता विमल पौडेलले जानकारी दिए ।

रास्वपाले केन्द्रीय समितिको निर्णय दिएपछि सभामुख देवराज घिमिरेले उनी पदमुक्त भएको सूचना जारी गरेका थिए ।