Dhulikhel Eco Banner new

जलेर घाइते हुँदा आफुलाई आएको सहयोगबाट अस्पताल बनाइदिन भण्डारीको आग्रह

4.45K
shares

काठमाडौं, १० जेठ । नेपाली कांग्रेसका सांसद चन्द्रकान्त भण्डारीले आफु जलेर घाइते हुँदा आएको सहयोगबाट अस्पताल बनाउन आग्रह गरेका छन् ।

बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले गत पुष ३ गते खाना पकाउने ग्यास लिग हुँदा भएको आगलागीबाट जलेर गम्भीर घाइते भएका सांसद भण्डारीले उपचारपछि आफुलाई आएको सहयोग रकमले हस्पिटल बनाइदिन सरकारसंग आग्रह गरेका हुन् ।

उनले भने ‘ म बिरामी हुँदा देश तथा विदेशका सबै साथीहरुले सहयोग गर्नुभयो मैले सहयोग नमाग्नु भनेको थिए म निदाएको थिए । भारतमा ७ दिनमा होस आउँदा धेरैले सहयोग गर्नुभएको रहेछ। त्यो सहयोगको सम्मान गर्दै सरकारले मलाई दिने सहयोग हस्पिटल बनाउँन प्रयोग होस भनेर प्रधानमन्त्रीलाई आग्रह गर्दछु ।