शेयर बजारमा दोहोरो अंकको सुधार, कारोबार रकम १ अर्ब ८७ करोड
वि.सं.२०८० जेठ १० बुधवार १५:४८
shares

काठमाडौं, १० जेठ । शेयर बजारमा बुधबार पनि सुधार देखिएको छ । पछिल्लो समय लगातार रुपमा सुधार भइरहेको शेयर बजार बुधबार १६ अंकभन्दा बढीले बढेको हो ।
बुधबार शेयर बजार परिसूचक ० दशमलव ८५ प्रतिशतले बढेको हो । समग्रमा बुधबार १६ दशमलव ४९ अंकले बढेको छ । यो सँगै बजार परिसूचक पनि १९५९ दशमलव १२ विन्दुमा पुगेको छ ।
बुधबार नेप्सेसँग कारोबार रकममा पनि सुधार आएको छ । आज २७० कम्पनीका ४८ लाख ६५ हजार ४७५ कित्ता शेयर खरिद बिक्रीहुँदा १ अर्ब ८७ करोड ३० लाख ८८ हजार २४ रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै क वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ५८ प्रतिशतले बढेको छ । ३ दशमलव ५८ प्रतिशतले बढेको सेन्सेटिभ इन्डेक्स ३७१ दशमलव ३१ विन्दुमा पुगेको छ ।

















