Dhulikhel Eco Banner new

सगरमाथा आरोही हरि बुढामगरको सफलता नेपालको सफलता : अध्यक्ष ओली

6.63K
shares

काठमाडौं, १४ जेठ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हरि बूढामगरको सफलता नेपालको सफलता भएको बताएका छन् ।

घुँडामाथिसम्म दुवै खुट्टा नभएर पनि विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेका पर्वतारोही हरि बूढामगरलाई सम्मान गर्दै अध्यक्ष ओलीले यो उनको संकल्पको सफलता भएको बताए ।

अध्यक्ष ओलीले भने ‘ यो हामी सबैकोको सफलता र साहसको सफलता हो । हामी सबै नेपालीको सफलता हो ,संकल्पको सफलता हो । केही गर्छु भन्ने अठोट हो । फेरि सगरमाथा चड्नुस भन्दिन म । ’

उनले बूढामगरको अद्भूत आत्मविश्वास, साहस र सम्पूर्ण मानवजातिमा प्रेरणा जगाउने यो यात्रा जारी रहोस् भन्दै प्रशंसा समेत गरे ।