Dhulikhel Eco Banner new

मन्त्री दुलालले राखे आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा

15.91K
shares

काठमाडौं, ८ असार । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल ‘शरद’ ले आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’ को नक्सा राखेका छन् । मन्त्री दुलालले बिहीबार आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेका हुन् ।

भारतले आफ्नो नवनिर्मित संसद् भवनमा नेपालको केही स्थानहरू समेटेर ‘अखण्ड भारत’को नक्सा राखेपछि त्यसको नेपालमा चौतर्फी आलोचना भइरहेको छ ।

भारतले संसदमा राखेको ‘अखण्ड भारत’ को नक्सामा नेपाली भूमि कपिलवस्तु र लुम्बिनी राखेपछि काठमाडौंका मेयर बालेनले त्यसको विरोधमा पहिलो पटक ‘ग्रेटर नेपाल’को नक्सा आफ्नो कार्यकक्षमा राखेका थिए । मेयर बालेनको सिको गर्दै धेरै स्थानीय तहका जनप्रतिनिधीहरुले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेका छन् ।