Dhulikhel Eco Banner new

मधेश प्रदेशमा जनमतका सतिश सिंहलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखसमक्ष दावी पेश

3.37K
shares

काठमाडौं २५ जेठ। मधेश प्रदेशमा जनमत पार्टीका सतिश कुमार सिंहलाई मुख्यमन्त्रीमा नियुक्त गर्न ६ दलले प्रदेश प्रमुख सुमित्रा भण्डारीसमक्ष दावी पेश गरेका छन् ।

जसपा नेपालका मुख्यमन्त्री सरोज कुमार यादव विश्वासको मत गुमाएपछि विहिवार पदमुक्त भएका थिए । सोही राति प्रदेश प्रमुख भण्डारीले शुक्रवार विहान १० वजेभित्र मुख्यमन्त्रीमा दावी पेश गर्न आह्वान गरेकी थिइन् ।

आज नेकपा एमाले, नेकपा माओवादी केन्द्र, जनमत पार्टी, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी र नेपाल संघीय समाजवादी पार्टीले ५५ सांसदको हस्ताक्षरसहित जनमतका सिंहलाई मुख्यमन्त्री नियुक्त गर्न दावी पेश गरेका छन् ।

प्रदेश प्रमुख भण्डारीले आजै मुख्यमन्त्रीमा सिंहलाई नियुक्त गरी पद तथा गोपनीयताको शपथ ग्रहण गराउने तयारी गरेकी छन् ।