Dhulikhel Eco Banner new
NCHL Banner 2081

ज्येष्ठ नागरिकलाई निशुल्क तीर्थयात्रादेखि गाईभैंसीको सुत्केरी भत्तासम्म दिने राप्रपाको घोषणा

4.63K
shares

काठमाडौं   राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आसन्न स्थानीय तह निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ।
पार्टी कार्यालय धुम्वाराहीमा पत्रकार सम्मेलन गरेर राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले घोषणापत्र सार्वजनिक गरेका हुन्। घोषणापत्रमा जेष्ठ नागरिकलाई देशभित्र धार्मिक स्थलमा निशुल्क यात्राको व्यवस्थादेखि एक स्थानीय तहमा एक गौशाला निर्माणसम्मका योजना छन्।
यस्तै, भूमिहीन नागरिकलाई एकल तथा सामूहिक आवासको व्यवस्था, सार्वजनिक स्थानमा निःशुल्क वाइफाइ उपलब्ध गराउने उल्लेख छ।
कृषि तथा वाली बिमाको व्यवस्था गरिने, गाई भैंसीमा सुत्केरीभत्ता, एक घर एक धाराको व्यवस्था गरिने प्रतिबद्धता गरिएको छ। सबै वडामा सडक सञ्जाल विस्तार गरिने पनि घोषणापत्रमा उल्लेख छ।
अशक्त, असाहाय बालबालिकालाई हेरचाहका लागि स्याहार केन्द्र स्थापना गर्ने घोषणापत्रमा भनिएकोछ । प्रत्येक जेष्ठ नागरिकलाई निशुल्क स्वास्थ्य जाँचको व्यवस्था गरिने प्रतिबद्धता राप्रपाले गरेको छ।