Dhulikhel Eco Banner new

एमालेको प्रशिक्षण स्थलमा पुगे बालेन्द्र

4.71K
shares

काठमाडौं, २ असार । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले बिहीबारबाट राजधानीको भृकुटीमण्डपमा अवस्थित राष्ट्रियसभा गृहमा जनप्रतिनिधिलाई प्रशिक्षण सुरु गरेको छ । देशभरबाट निर्वाचित २०५ जना प्रमुख र २४० उपप्रमुखलाई काठमाडौं बोलाएर एमालेले दुई दिने प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।

एमालेको प्रशिक्षण सुरु हुँदैगर्दा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह राष्ट्रिय सभागृह पुगेका थिए । मेयर शाह काठमाडौंमा स्वतन्त्रबाट निर्वाचित भएका हुन् । साह सभागृह पुगेपछि केही एमालेका जनप्रतिनिधि र सञ्चारकर्मीले उनलाई घेरेका थिए । मेयर बालेन्द्र केहीबेर सभागृहभित्र बसेर निस्किएका थिए । उनले केहीसँग सामूहिक तस्बिर र केहीसँग सेल्फी लिएर फर्किए ।

सभागृहमा महानगरपालिकाका केही विभागीय कार्यालयहरु पनि छन् । प्रमुख साहका सभागृहस्थित विभागको कार्यालयमा बजेटको काम परेरका कारण त्यहाँ पुगेको जनाइएको छ । ‘सभागृहमा महानगरपालिकाका विभागीय कार्यालयहरु पनि छन बजेटको काम चलिरहेकाले त्यहाँ केही बैठकमा सहभागी हुन मेयर साह त्यहाँ पुगेका हुन् ।