Dhulikhel Eco Banner new

सूर्या र ज्योती लाइफको शेयर कारोबार रोक्का

4.85K
shares

काठमाडौं, १३ असार । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दुई बीमा कम्पनीको शेयर कारोबार रोक्का गरेको छ । नेप्सेले मर्जरमा जाने सम्झौता गरेका सूर्या लाइफ र ज्योती लाइफ इन्स्योरेन्सको शेयर कारोबार रोक्का गरेको हो । आइतबार दुई कम्पनीबीच मर्जरमा जाने प्रारम्भिक सम्झौता गरेपछि नेप्सेले सोमबार कारोबार रोक्का गरेको हो ।

बीमा समितिको निर्देशन अनुसार जीवन बीमा कम्पनीहरूले न्युनतम चुक्ता पूँजी ५ अर्ब रूपैयाँ पुर्याउनु पर्नेछ । पुँजी पुर्‍याउनका लागि समितिले मर्जरलाई पहिलो प्राथमिकता दिएको छ ।

हाल सूर्या लाइफको चुक्ता पूँजी २ अर्ब ४२ करोड रुपैयाँ र ज्योति लाइफको २ अर्ब २० करोड रुपैयाँ रहेको छ । एक बराबर एकको अनुपातमा मर्जर भए मर्जर पश्चात बन्ने कम्पनीको चुक्ता पूँजी ४ अर्ब ६२ करोड रूपैयाँ पुग्नेछ ।