एस. वाई. प्यानलको शेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल
वि.सं.२०७९ असार १३ सोमवार १३:२८
shares

काठमाडौं, १३ असार । एस. वाई. प्यानल नेपालले शेयर बिक्री प्रबन्धकमा प्रभु क्यापिटल नियुक्त भएको छ । एक कार्यक्रमका बीच एस.वाई.प्यानल र प्रभु क्यापिटलबीच नियुक्ति सम्बन्धी सम्झौता भएको हो ।
नियुक्ति सम्बन्धी सम्झौतामा एस वाई प्यानल नेपालका तर्फबाट कम्पनीका प्रबन्ध संचालक चोई दोङगिल र प्रभु क्यापिटलका प्रबन्ध निर्देशक दिनेश थकालीले हस्ताक्षर गरेका छन् । कम्पनीले हाल कायम जारी पूँजीको ४० प्रतिशत शेयर सर्वसाधारणमा निष्काशन गर्न लागेको छ ।
स.वाई. प्यानल नेपाल कोरियाको लागानी भएको कम्पनी हो । यो कम्पनी कोरियाली प्रविधि र कोरियाली गुणस्तर चिन्ह प्राप्त कम्पनी हो ।
कम्पनीले चितवन जिल्लाको रत्ननगर नगरपालिका–१४, पिठुवामा फ्याक्ट्री स्थापना गरी भवन निर्माण सम्बन्धी अत्यावश्यक पर्ने विभिन्न सामाग्रीहरु जस्तै स्याण्डबीच प्यानेल अन्तरगत एफआर थ्री फायर रेटिङ्ग भएको इपीएस प्यानल, यूपीभीसीको झ्याल तथा ढोका, स्टिल ढोका, एबीसी ढोका, कोल्डस्टोर तथा ह्याचरी बनाउँदा आवश्यक पर्ने पफ प्यानल र कोल्डस्टोरमा आवश्यक हुने स्टिल पफ ढोका तथा प्रिफ्याब घरलाई पूर्णरुपमा दिन आवश्यक पर्ने अन्य सामाग्री उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको छ ।


















