Dhulikhel Eco Banner new

सामान्य अंकले बढ्यो शेयर बजार, कारोवार रकम घट्यो

2.34K
shares

काठमाडौं, १ चैत । आइतवार शेयर बजार सामान्य अंकले बढेको छ । शेयर बजार ४.४५ अंकले बढेर २,८२४ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा १२४ कम्पनीको शेयर मूल्य बढेको छ भने १३० कम्पनीको शेयर मूल्य घटेको छ भने ९ कम्पनीको स्थिर रहेको छ । यसदिन १४ अर्ब ३२ करोडको कारोबार भएको हो ।

सामान्य अंकले बढेको शेयर बजारमा सोलु हाइड्रोका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी दरमखोला हाइड्रो इनर्जी लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। उक्त कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका छन् ।