उच्च अंकले घटेको शेयर बजारमा यी ५ कम्पनीका लगानीकर्ता बने मालामाल
वि.सं.२०८२ चैत १५ आइतवार १५:१३
shares

काठमाडौं, १५ चैत । आइतवार शेयर बजार उच्च अंकले घटेको छ । शेयर बजार ७१.०५ अंकले घटेर २,८७९ बिन्दुमा कायम भएको छ ।
शेयर बजारमा ९ कम्पनीको शेयर मूल्य बढेको छ भने २५६ कम्पनीको शेयर मूल्य घटेको छ भने १ कम्पनीको स्थिर रहेको छ । यसदिन १५ अर्ब ३३ करोडको कारोबार भएको हो ।
उच्च अंकले घटेको शेयर बजारमा रिलायन्स स्पिनिङ मिल्स र सुपर खुदी, रिज लाइन इनर्जी लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी ३ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
त्यसैगरी सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक लिमिटेडका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका छन् भने भुजुङ हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले ९.९८ प्रतिशतका दरले कमाएका छन् ।

















