Dhulikhel Eco Banner new

४७ अंकले घट्यो शेयर बजार, कारोबार रकम पनि घट्यो

2.13K
shares

काठमाडौं, १६ चैत । सोमवार शेयर बजार उच्च अंकले घटेको छ । शेयर बजार ४७.८१ अंकले घटेर २,८३१ बिन्दुमा कायम भएको छ ।

शेयर बजारमा २६ कम्पनीको शेयर मूल्य बढेको छ भने २३७ कम्पनीको शेयर मूल्य घटेको छ भने ५ कम्पनीको स्थिर रहेको छ । यसदिन १२ अर्ब ९६ करोडको कारोबार भएको हो ।

उच्च अंकले घटेको शेयर बजारमा रिलायन्स स्पिनिङ मिल्स, रिज लाइन इनर्जी, भुजुङ हाइड्रोपावर लिमिटेड, होटल फरेस्ट इन लिमिटेडका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । यी ४ कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

त्यसैगरी सोलु हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले सर्वाधिक गुमाएका छन्। उक्त कम्पनीका लगानीकर्ताले ७.७९ प्रतिशतका दरले गुमाएका छन् ।